काठमाडौं– यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाको ‘एफजेडभी थ्री कनेक्ट एक्स’ मोडल नेपालमा आधिकारिक रूपमा ल्याएको छ । यही कात्तिक १५ गतेदेखि आधिकारिक रूपमा उक्त मोडल नेपालमा ल्याएको हो ।
२०६५ मा एमएडब्लु इन्टरप्राइजेजले यामाहाको ‘एफ जेड–१६’ पहिलोपल्ट ‘लर्ड अफ द स्ट्रीट’ नाराको साथ नेपाली बजारमा ल्याएको थियो ।
यस्तै, सन् २०१४ मा यामाहाले ‘ब्लु कोर’ र नयाँ ‘एफआई’ प्रविधि फिचर गरिएको ‘एफभी टु’ बजारमा ल्यायो । १४९ सीसीको उक्त बाइकमा ब्लु कोर इन्जिन ल्याएर, कम इन्धन खपत, वातावरणमैत्री र अझ शक्तिशाली बनाएको थियो ।
यसपटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेर लाभान्वित पुर्याउने लक्ष्य राख्दै एफजेडभी थ्री एक्स कनेक्ट डिजाइन गरिएको जनाएको छ ।
नेपाली बजारमा तीन लाख ७९ हजार ९०० मूल्य रुपैयाँ रहेको भी थ्रीमा सबैभन्दा ठूलो सुविधा भने यसमा जडित ब्लुटुथ रहेको जनाइएको छ । जसमार्फत गुगल प्लेस्टोर र आईओएसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउनलोड र बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिने सक्ने जनाएको छ ।
ब्लुटुथको प्रविधिको पहिलो सुविधा ‘एन्सर ब्याक’ रहेको छ । यो सुविधाबाट बाइकको इन्डिकेटर झिमिकझिमक बल्ने र हर्न बज्ने भएकोले चालकले आफ्नो साधन कहाँ राखिएको छ भनेर सजिलै जानकारी पाइने यामाहाले जनाएको छ ।
यस प्रविधिको दोस्रो सुविधा रहेको ‘इ–लक’ रहेको र यसको रोचक कुरा इ–लक प्याट्रन राखेको भए मोटरसाइकलको चाबीले मात्र बाइक चालु गर्न नसक्ने जनाइएको छ ।