काठमाडौं– खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तन गर्ने भएको छ। स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
यो निर्णयअनुसार चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी समेत तीव्र गतिमा अगाडि बढेको छ । रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको जनाएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन गरिनेछैन ।
नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउने कम्पनीले जनाएको छ । खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् ।
हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो ।