काठमाडौं- नबिल बैंकको ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८को नाफाबाट सेयरधनीहरूलाई ३८ प्रतिशत लाभांश दिने दिने प्रस्ताव गरेको हो।
३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ। नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानिकर्ताले पाउनेछन्।
गत वर्ष बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो। पछिल्ला १० वर्षमा बैंकले ३० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको छैन। आर्थिक वर्ष २०६८/६९ देखि २०७०/७१ सम्मका तीन आर्थिक वर्षमा बैंकले ६० प्रतिशतभन्दा बढी लाभांश दिएको थियो।