काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पेट्रोलियम गाडी भन्दा विद्युतीय गाडी सस्तो हुने बताएका छन्।
मंगलबार तिहारमा हुने विद्युत खपतको बारेमा जानरकारी दिन आयोजित पत्रकार सम्मेलनमा घिसिङले पेट्रोलियम सवारी भन्दा विद्युतीय सवारी सस्तो हुने बताएका हुन्। ‘इलेक्ट्रिक भेइकलमा प्रतियुनिट ५ देखि ६ रुपैयाँ पर्ने गरी शुल्क तोकिएको छ,’ घिसिङले भने, ‘१ किलोमिटरमा ५० देखि ६० पैसा मात्रै पर्ने रहेछ।’
उनले पछिल्लो समय पेट्रोलियम सवारी भन्दा विद्युतीय सवारी चलाउन सस्तो परिरहेकै कारण विद्युतीय सवारीको माग बढेको बताए। ‘बजारमा बुझ्दा इलेक्ट्रिक भेइकलको माग बढेको देखिन्छ,’ घिसिङले भने, ‘इलेक्ट्रिक भेइकलको माग बढेर आपूर्तिमा कठिनाइ भइरहेको सुनेका छौं।’