शुक्रबार, असोज १६, २०८३

ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा

स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहार २०७८को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा गरेको छ ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं– स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहार २०७८को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा गरेको छ ।

उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् । 

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले कम्पनीको वेबसाइटमा गएर सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।

यसरी सहभागीहरु मध्येबाट लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ । ओपो तिहार अफर, उपहार योजना नोवेम्बर १ देखि नोवेम्बर ७, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: Nov 01, 2021| 13:35 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्