शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चाबहिल तरकारी बजारमा सनराइजकोे क्युआरबाट भुक्तानी सेवा सुरु

चाबहिल तरकारी बजारमा सनराइजकोे क्युआरबाट भुक्तानी सेवा सुरु

सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं– सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुभारम्भ गरेका हुन्।

 उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेट मार्फत तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामाग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा फ्रि वाइफाइको समेत व्यवस्था गरेको छ । ग्राहकले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ । 


प्रकाशित: Nov 01, 2021| 13:10 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्