काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङको सिन्वामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६२ पुगेको छ ।
बैंकले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८, दाप्चा बजार र ताप्लेजुङ्ग जिल्लाको फाक्ताङलुङ गाउँपालिका वडा नं. ३, सिन्वामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकको भकुण्डेबेसी शाखाअन्तर्गत रहनेगरी दाप्चा बजारमा खोलिएको सेवाको लागि कृष्ण कुमार श्रेष्ठ र ताप्लेजुङ शाखाअन्तर्गत रहनेगरी सिन्वामा खोलिएको सेवाको लागि प्रेम प्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिसहो, सीडीएमए, युटीएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।