शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शाइन रेसुङ्गा स्मार्टमार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा

शाइन रेसुङ्गा स्मार्टमार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं– पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  

यस सम्झौतासँगै अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखा कार्यालयबाट भुक्तानी गर्न सकिनेछ ।

यसैगरी यस बैंकका खाता सञ्चालन भएका सम्पूर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । शाइन रेसुङ्गा स्मार्ट अर्थात यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफर मार्फत नेपालभरी रहेका इसेवाका नेटवर्क मार्फत जुनसुकै ठाउमा रेमिट्यान्स पठाउन र जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न सकिनेछ ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्।


प्रकाशित: Nov 01, 2021| 12:20 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्