शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हाथवेले पहिलो पटक प्रतिकित्ता ५० मा आईपीओ जारी गर्दै

हाथवेले पहिलो पटक प्रतिकित्ता ५० मा आईपीओ जारी गर्दै

कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर प्रतिकित्ता ५० रुपैयाँ जारी गर्न लागेको हो।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- 'हाथवे इन्भेष्टमेन्ट' नेपालले सर्वसाधारणहरुका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर प्रतिकित्ता ५० रुपैयाँ जारी गर्न लागेको हो। 

कम्पनीका अनुसार प्रतिकित्ता ५० का दरले सेयर विक्रि गर्दा २९ लाख २५ हजार कित्ता पुग्‍ने छ। आईपीओ जारी गर्नका लागि हाथवे कम्पनीले आइतबार ग्लोबल आईएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ। 

आइतबार हाथवे इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेको कम्पनीले विज्ञप्ति जारी गरी जनाएको छ। 

सो कम्पनीमा ठूला लगानीकर्ताको रुपमा चिनिएका अम्बिका प्रसाद पौडेल, अध्यक्ष ढकाललगायतका सञ्‍चालक छन् भने उनीहरुले सेयर बजारमा प्रभाव पार्ने क्षमता राख्ने गरेका छन्। 

साधारणतया आईपीओ जारी गर्दा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य राख्‍ने गरेका छन् तर हाथवेले भने प्रतिकित्ता ५० रुपैयाँ राखेको छ। यसरी प्रतिकित्ता ५० मा आईपीओ जारी गर्ने हाथवे पहिलो कम्पनी हो। यसअघि सोल्टी होटलले १० रुपैयाँ प्रतिकित्ता मूल्य राखेर आईपीओ जारी गरेको थियो। धेरैजसो विभिन्‍न कम्पनीहरुले सञ्‍चालनमा ल्याउने गरेको 'म्याचुअल फन्ड'को मात्र प्रति इकाइ १० रुपैयाँ हुने गरेको छ।

हालसम्म हाथवेले आईएमई ग्रुपका सबै कम्पनीमा लगानी गरेको छ। त्यस्तै आईएमई र जीएमई कोअपरेटिभमा समेत लगानी गरेको छ।


प्रकाशित: Oct 31, 2021| 19:28 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्