शुक्रबार, असोज १६, २०८३

नेप्से परिसूचक २८ सय नाघ्यो

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ५५.५ अंकले बढेर २८३७.६१ अंकमा पुगेको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ५५.५ अंकले बढेर २८३७.६१ अंकमा पुगेको छ। यसदिन बैंकिङ समूहबाहेक सवै समूहगत परिसूचक उकालो लागेको छ। 

आइतबार बंैकिङ समूहको परिसूचक भने २.९६ अंकले ओरालो लागेको छ। आज सबैभन्दा बढी विकास बैंकको ६.५४ प्रतिशतले बढेको छ। कारोबार समूहको ५.९६, होटल तथा पर्यटन समूह ५.४४ अंकले उकालो लागेको छ। आइतबार दिनभर २३२ वटा कम्पनीको ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। 

यसदिन ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ता छन्।


प्रकाशित: Oct 31, 2021| 16:00 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्