शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकमुष्ट प्रदान गर्ने पुनर्कर्जाको लागि राष्ट्र बैंकले माग्यो आवेदन [सूचनासहित]

एकमुष्ट प्रदान गर्ने पुनर्कर्जाको लागि राष्ट्र बैंकले माग्यो आवेदन [सूचनासहित]

नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूसँग पुनर्कर्जाको लागि आवेदन माग गरेको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूसँग पुनर्कर्जाको लागि एकमुष्ट रकम माग आवेदन खुला गरेको  छ। राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाका लागि आवेदन माग गरेको हो। 

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि ०७७’मा भएको व्यवस्थाअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण तथा विशेष पुनर्कर्जाका लागि आवेदन आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकबाट प्राप्त हुने पुनर्कर्जा कोभिड-१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाहरूलाई उपलब्ध हुनेछ। बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ।

राष्ट्र बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ। पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ।

यसैगरी पुनर्कर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यमका लागि प्रवाह गर्नुपर्ने, कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ ग्राहक र ऋणी समेटिएको हुनुपर्ने व्यवस्था छ। आवेदन पेस गर्ने संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेबमोजिम पुगेको हुनुपर्नेछ। इच्छुक ग्राहक ऋणीलाई आफूले सेवा लिइरहेको शाखामा पुनर्कर्जा माग गरी निवेदन दिनुपर्ने जनाएको छ।

यस्तो छ सूचना

प्रकाशित: Oct 31, 2021| 13:50 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्