शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौं महानगरपालिकाको कर इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं महानगरपालिकाको कर इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं– काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ। यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो। 

इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन्। स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा गरिएको छ। 

महानगरबासीले दुई तरिका बाट इ–सेवा मार्फत भुक्तानी गर्न सक्नेछन्। यसको लागि नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ। त्यसपछि इसेवाको मोबाईल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने काठमाडौ महानगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ।


प्रकाशित: Oct 31, 2021| 15:15 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्