शुक्रबार, असोज १६, २०८३

नक्सालको भाटभटेनीमा प्रभु बैंकको क्यूआर कोड सेवा

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडाै‌को नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं– प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडाै‌को नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सेवा उद्घाटन गरेका छन्।

सो अवसरमा गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्दै हुँदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताए।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए।


प्रकाशित: Oct 31, 2021| 14:15 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्