शुक्रबार, असोज १६, २०८३

प्रभु बैंक र फरेक्स सपोर्टबीच सम्झौता

प्रभु बैंक लिमिटेड र फरेक्स सपोर्ट प्रालि अस्ट्रेलियाबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं–  प्रभु बैंक लिमिटेड र फरेक्स सपोर्ट प्रालि अस्ट्रेलियाबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ।

अस्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुले अब फरेक्स सपोर्टमार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका २१४ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नेछन्।

साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अन्य  बैंक तथा वित्तिय संस्थाहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।


प्रकाशित: Oct 31, 2021| 13:45 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्