शुक्रबार, वैशाख २८, २०८१

कांग्रेसलाई डिलाको खुराक

आर्थिक प्रलोभनको कारणले वैचारिक ओज घटेर गयो। जनतालाई आकर्षण भन्दा विकर्षण गराउने काम नेपाली कांग्रेसका हामी नेता, कार्यकर्ताले अहिलेसम्म पनि गरिरहेका छौं।
 |  शनिबार, कात्तिक २०, २०७८

शान्तिकृष्ण अधिकारी

शान्तिकृष्ण अधिकारी

शनिबार, कात्तिक २०, २०७८

पहिलेपहिले भन्ने गरिन्थ्यो – कांग्रेसी बिग्रे नपढेर, कम्युनिस्ट बिग्रे आफ्नो मात्रै पढेर। यसैले नेपाली कांग्रेसले अध्ययन नगर्नेहरुको पार्टीका रुपमा आफ्नो पहिचान बनाएको लामो समय बितिसकेको छ। २०५१ सालमा नेकपा एमालेले सत्तारोहण गरेपछि त नेपालका कम्युनिस्टहरुको पनि हालत त्यस्तै बन्न पुग्यो। नेपालमा नेता हुनका लागि पढ्ने, गाउँमा सक्रिय हुने, जनताको मन जित्ने होइन कि पार्टीका शीर्ष नेताहरुको दैलो चहार्ने प्रवृत्ति सबै पार्टीमा स्थापित भइसकेको छ। त्यसैले पनि लोकतन्त्रका लागि लामो संघर्ष गरेर देश र जनतामा असल छाप पारेका राजनीतिक दलहरुमा क्षयीकरण हुँदै गएको छ।

triton college

कमल फुल्ने हिलोमै हो। सुन खोज्न नदीको बालुवा चाल्नैपर्छ। मणि विशाल समुद्रको गहिराइबाट नै निकाल्ने हो। दही मथेपछि मात्रै घिउ निस्कन्छ। सबै नदीका सबै ढुंगा शालिग्राम हुँदैनन्। शालिग्राम खोज्न कालीगण्डकीमै जानुपर्छ। त्यस्तै सबै नेता अध्ययनशील हुँदैनन् र हुन पनि सम्भव छैन। कांग्रेसको इतिहासमा हेर्दा संस्थापक नेताहरु बीपी कोइराला, किसुनजीहरुले अध्ययनशील नेताको उपाधि पाएका थिए। त्यसपछिका सीके प्रसाईं, ढुण्डीराज शास्त्री, रामचन्द्र पौडेल, शेखर कोइरालाहरू नै हुन्। सबै नेता चिन्तनशील पक्कै पनि थिएनन्। अचेलका युवामा पनि कतिपय नेपाली कांग्रेसलाई कसरी माथि उठाउने भनेर चिन्तन गरिरहने, लेख प्रकाशन गर्ने र पुस्तक–पुस्तिका निकाल्ने भेटिएकै छन्।

लोकेश ढकाल कहिले लेख लेख्छन् त कहिले पुस्तिका प्रकाशन गर्छन्। गगन थापा त विचार मन्थनको कार्यालय खोलेरै बसेका छन्। स–साना लेखहरु प्रवाह गरिरहनेमा चन्द्र भण्डारी, बद्री पाण्डेहरु छँदैछन्। विश्वप्रकाश शर्मा त सिद्धहस्त लेखक भई नै हाले। कांग्रेसमा विचारको खडेरी नै परेको त थिएन तर पनि आधुनिक विश्वमा जनताले खोजे जस्तै आक्रामक शैलीमा अघि बढेको नेता नभेटिएका कारण चर्चापरिचर्चा भई नै रहन्थ्यो।

उनले लेखेकी छन् – आज मेरा अनुभवको कुनै मूल्य नहोला, भोलिका सन्ततिका लागि मेरै अनुभव पनि प्रेरणादायी बन्न सक्लान्। 

यिनै चर्चा परिचर्चालाई चिर्दै अहिले नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पनि आफूलाई चिन्तकहरुका माझमा एक सशक्त विचारकका रुपमा प्रस्तुत गर्दै अगाडि आएकी छन्। पत्रपत्रिकाहरुमा त केही अघिदेखि लेखहरुका माध्यमद्वारा लोकतन्त्र, समाजवाद र नेपाली कांग्रेसलाई कसरी सशक्त बनाउने भन्नेमा कलम चलाउँदै आएकी थिइन् तर अहिले एउटा ससानो पुस्तक नै लिएर राजनीतिकर्मीहरुका सामु आएकी छन्।

डिला संग्रौलाद्वारा लिखित ‘कांग्रेसको अबको बाटो’ शीर्षकको पुस्तक उनको सचिवालयले हालै प्रकाशित गरेको छ। ‘नेपाली कांग्रेसको संक्षिप्त परिचय’, ‘नेपाली कांग्रेसको सैद्धान्तिक स्पष्टता’, ‘नेपाली कांग्रेसका उपलब्धिहरू’, ‘नेपाली कांग्रेसको अबको बाटो’, ‘राष्ट्रवादको कसीमा कांग्रेस’, ‘जनताले चाहेको अबको कांग्रेस’, ‘अमूल्य योगदानका अग्रजहरु’ र ‘१४औँ महाधिवेशनका एजेण्डाहरू’ गरी आठ उपशीर्षकहरुमा बाँडिएको यो पुस्तक राजनीतिमा भर्खरै प्रवेश गर्न लागेका युवाका निम्ति त निकै नै महत्त्वपूर्ण देखिन्छ। उनले लेखेकी छन् – आज मेरा अनुभवको कुनै मूल्य नहोला, भोलिका सन्ततिका लागि मेरै अनुभव पनि प्रेरणादायी बन्न सक्लान्। गहिरो आँखा भएका, तीखो बोध क्षमता भएका, परिश्रमले गालेका, धन उपयोग गरेर देश र जनताको सेवा गर्न चाहने पुस्ता भोलि आउनेछ। त्यो पुस्ताको निमित्त सत्यले भरिएका हाम्रा अभिव्यक्तिहरू मूल्यवान् हुनेछन् भन्ने अनुमान किन नगर्ने?

corrent noodles
Metro Mart

डिलाको यो पुस्तक पढ्दै जाँदा उनकै जस्तो चिन्तन गर्ने र चिन्तन र व्यवहारलाई सामञ्जस्य गर्न सक्ने नेताहरु नेपालमा हुने हो भने नेपालको राजनीति कस्तो होला भन्ने जिज्ञासा उत्पन्न हुन्छ। गुटबन्दीको राजनीतिमा फस्टाउन बाध्य भएकी नेतृ भए पनि कहींकतै बाहेक निष्पक्ष हुने प्रयास गरेकी छन् र निष्पक्षताको राजनीतिले नै कांग्रेसलाई माथि पुर्‍याउने जिकिर गरेकी छन्। मूल्यांकनसहितको पार्टी संगठनलाई विशेष जोड दिएकी छन् उनले।

नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण गत निर्वाचनमा धेरै ठाउँमा पराजय बेहोर्नुपरेको थियो। सय भोटदेखि हजार भोटसम्मले हारेका धेरै उम्मेदवारहरु प्रतिस्पर्धी पार्टीहरु सशक्त भएका कारण हारेका थिएनन्। नेपाली कांग्रेसकै टिकट नपाएकाहरुको असन्तुष्टिका कारण उनीहरुले हारेका थिए। यो पीडाले उनलाई पनि राम्रैसँग छोएको देखिन्छ। त्यसैले होला उनले पुस्तकमा लेखेकी छन् – पाएको अवसरलाई आफ्नै पार्टीभित्रकै सहयोद्धाहरू सिध्याउने र आफू मात्रै कसरी बलियो हुने भन्नेमै केन्द्रदेखि तल्लो कमिटीस्तरसम्म कांग्रेसका नेतादेखि कार्यकर्ता परिचालित भए। यसै त कांग्रेस सांगठनिक रुपमा कमजोर थियो। आपसी झगडाको कारणले विरोधीसँग भिड्न नसक्ने भयो।

धन र डनको बोलवाला हुँदै गएको कांग्रेसमा इमानदार नेता तथा कार्यकर्ताहरु पाखा पर्नुपरेको दर्दनाक अवस्था लेखी साध्य छैन। हुन त यो समस्याबाट सबै पार्टी ग्रस्त देखिन्छन् तर पनि कांग्रेसका बारेमा चिन्ता गर्ने कांग्रेसले नै हो। त्यसैले कतिपय नेताहरुले अर्थोपार्जनलाई प्राथमिकता दिने गरेका चर्चा पनि हिम्मतका साथ उनले गरेकी छन्। धनी नेताका पछि दगुर्ने कार्यकर्ताहरुलाई पनि छेड हान्न भ्याएकी छन्। उनी लेख्छिन् – आर्थिक प्रलोभनको कारणले वैचारिक ओज घटेर गयो। जनतालाई आकर्षण भन्दा विकर्षण गराउने काम नेपाली कांग्रेसका हामी नेता, कार्यकर्ताले अहिलेसम्म पनि गरिरहेका छौं। राजनीतिमा संलग्न अधिकांश नेताहरूको जीवनशैली हेर्र्दा यो टिप्पणी अस्वाभाविक लाग्दैन तर सबै एकैखाले पनि हुँदैनन्। पचासौं हजारका सुट र साडी लगाउने पनि नेता नेतृहरू छन्। गाडी र घर परिवर्तन गरी सोख गर्ने पनि राजनीतिमा देखिए भने खरको झुप्रामा बसेर थोरै जमिन जोडेर विश्व हाँक्ने नेता पनि देखिए। डिला आफैं भने कस्ता खालका नेताका पछि छन्, त्यो उनले नै सोच्ने र नेतृत्वलाई सच्याउन पहल गर्ने कुरा हो।

भरतपुर महानगरको निर्वाचनमा कांग्रेसीले हँसिया हथौडामा मत दिनुपरेको बाध्यता उनलाई रत्तिभर चित्त नबुझेको पुस्तकमा प्रष्ट रुपमा उल्लेख गरेकी छन्। 

सानै उमेरदेखि राजनीतिमा होमिएकी डिला कम्युनिस्ट सिद्धान्त र कम्युनिस्टहरुप्रति केही असहिष्णु देखिनु स्वाभाविकै हो। खाइपाई आएको पेन्सन पाक्ने जागिर छाडेर राजनीतिमा होमिने हिम्मत गरेकी नेतृले प्रकाशित गरेको राजनीति, समाज, अर्थ र परराष्ट्र समेटिएको यो पुस्तक अर्को हिम्मतका रुपमा लिनुपर्ने देखिन्छ। नेपाली कांग्रेसको विभाजन र एकताका विषयमा उल्लेख गरिएको भए पनि विभाजन के कति कारणले भएको हो भन्ने स्पष्ट उल्लेख गर्न नसक्नुमा चाहिँ कहिँ कतै डर पसेको हो कि भन्ने पनि लाग्दछ।

पाश्चात्य मुलुकको प्रभावमा नेपाल भित्रिएको समावेशी सिद्धान्तका पक्षमा भने लेखिका देखिन्नन् बरु नेपालकै नेता बीपी कोइरालाको सिद्धान्तबमोजिमको समावेशितामा उनको पूर्ण विश्वास रहेको पाइन्छ। आर्थिक, सामाजिक र शारीरिक रुपमा कमजोर रहेकालाई राज्यले उठाउन विशेष पहल गर्नैपर्ने तर जाति विशेष र समुदाय विशेषका आधारमा सक्षमले पनि सुविधा भोगेको सन्दर्भमा उनको सहमति देखिन्न। सोर्स फोर्सका आधारमा हुने गरेका पक्षपातको खुलेर विरोध गरेकी छन्।

भरतपुर महानगरको निर्वाचनमा कांग्रेसीले हँसिया हथौडामा मत दिनुपरेको बाध्यता उनलाई रत्तिभर चित्त नबुझेको पुस्तकमा प्रष्ट रुपमा उल्लेख गरेकी छन्। नेताका घरमा गएर तपाईंको त त्यो पनि बास्ना आउँछ भन्ने चलन चलेका बेला आफ्नै पार्टी सभापतिको गलत कदमका विरुद्ध लिखित दस्तावेज तयार गर्न सक्नु र यही पुस्तक उनकै हातबाट विमोचन गराउनु पनि उनको साहसी कदम नै हो।

समग्रमा भन्नुपर्दा यो पुस्तक नेपाली कांग्रेसका बारेमा बुझ्न चाहने, कांग्रेस प्रवेश गर्न चाहने र कांग्रेस सुधार्न चाहने तीनैथरिका लागि उपयोगी देखिन्छ। राजनीतिमा चासो राख्नेले एकपटक पढ्दा फाइदै पुग्छ। खडेरी परेका बेला सिमसिमे पानी पर्दा किसान जसरी रमाउँछन्, डिलाले यो पुस्तक प्रकाशन गर्दा कांग्रेसीहरु रमाएकै हुनुपर्छ। लेखिकाले भनेकी छन् – एउटा लेखकको रुपमा कहींकतै तलमाथि परेको भए विद्धत्जनका रचनात्मक सुझाव शिरोधार्य गरी आगामी संस्करणमा सुधार्ने, सच्याउने प्रतिबद्धता गर्न चाहन्छु। उनलाई एउटा सुझाव – यति राम्रो पुस्तक प्रकाशन गरिसकेपछि मुद्राराक्षसमा ध्यान दिनसकेको भए कति राम्रो हुन्थ्यो!

प्रकाशित: Nov 06, 2021| 09:45 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...