शुक्रबार, असोज १६, २०८३

माधव नेपाललाई किसानले बुझाए खेतमै उम्रिएको धान

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विराटनगरका किसानले उम्रिएको धान बुझाएका छन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विराटनगरका किसानले उम्रिएको धान बुझाएका छन्। शनिबार विराटनगर आएको समयमा कार्यक्रमस्थलमै पुगेर कात्तिक पहिलो साताको हावाहुरी, वर्षा र बाढीका कारण प्रभावित भएका विराटनगर ५ का किसानहरुले बाढीका कारण खेतमा उम्रिएको धान लिएर कार्यक्रमस्थलमा पुगेका थिए।

अध्यक्ष नेपाललाई विराटनगर-५ की किसान अमला तुलाले प्रतिनिधिमूलक रुपमा खेतमै उम्रिएको धान बुझाएको थिइन्। ‘अध्यक्षज्यू मेरो २ बिघा जमिनमा लगाएको सबै धान यस्तो भयो,’ उम्रिएको धान बुझाउँदै उनले भनिन्। उनले छिमेकी साथीहरुको पनि यस्तै समस्या रहेको अध्यक्ष नेपाललाई बताइन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली विराटनगर आएको समयमा किसानका समस्याबारे भन्न खोजेपनि भेट नपाएको किसानहरुले गुनासो गरेपछि कार्यक्रमस्थलमै भेटेर समस्या राख्ने व्यवस्था मिलाइएको समाजवादीका विराटनगर महानगर कमिटी अध्यक्ष पारुल क्षेत्रीले बताए।

प्रकाशित: Oct 30, 2021| 18:08 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्