काठमाडौं- स्मार्टडोकोले यस वर्षको तिहारको पावन अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर ल्याएको छ। स्मार्टडोकोबाट सामसङ, बाल्ट्रा, सीजी, टीपटपलगायत ब्रान्डका समानहरू खरिदमा ६० प्रतिशतसम्म छुट प्राप्त हुने जनाइएको छ ।
यसपटक ग्राहकहरूले धेरै वर्गहरूबाट विभिन्न छुट प्रस्ताव विकल्पहरू जस्तैस् भाईको कोसेली, बहिनीलाई उपहार, धन्तेरस र घरमा तिहार प्राप्त गर्न सक्छन् । स्मार्टडोकोले यस ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेक्टर्निक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामाग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। ग्राहकहरुले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेबसाइट तथा एप बाट डाउनलोड गर्न सक्नेछन्।
स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रोडक्टहरु छन्। ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड-१९ का लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामाग्रीहरुबाट खरिद गर्न सक्नेछन्। साथै, ग्राहकले बिहान ११ बजे भन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन्।
स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोड भित्र निःशुल्क डेलिभरी र रिङरोड भन्दा बाहिर निकै कम शुल्क मा सामान डेलिभरी सुविधा पाउन सक्नेछन्। यो अफर १२ कार्तिक, २०७८ देखि १६ कार्तिक, २०७८ सम्म मान्य हुनेछ।