शुक्रबार, असोज १६, २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन र ग्यासमा मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको हो।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन र ग्यासमा मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको हो। 

डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँले मूल्य वृद्धि गरिएको निमगले जानकारी दिएको छ। अब यी इन्धनको मूल्य क्रमश ११६, १३३ र ११६ रुपैयाँ प्रतिलिटर पुगेको छ।   

आन्तरिक हवाइ इन्धनको मूल्य १० रुपैयाँ प्रतिलिटर बढाएर ९६ रुपैयाँ पुर्‍याइएको छ। यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर ८५३ डलर कायम गरिएको छ। 

यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० बढाएर १ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ। 

प्रकाशित: Oct 29, 2021| 21:16 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्