शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले ललितपुर प्रहरीलाई दियो १० थान एलइडी टिभी

ग्लोबल आइएमई बैंकले ललितपुर प्रहरीलाई दियो १० थान एलइडी टिभी

शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरु हस्तान्तरण गरे।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर प्रहरीलाई १० थान एलईडी टीभी हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरिएको बैंकले जानकारी दिएको छ। 

शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरु हस्तान्तरण गरे। 

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरलाई स्मार्ट कन्ट्रोल रुपका लागि टेलिभिजन सेटहरु सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरुले सेवाग्राहीहरुलाई थप प्रभावकारीरुपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

यसैगरी महानगरीय ट्राफिक परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त यो सहयोगले महानगरीय प्रहरी परिसरलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएकी थिइन्। 

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ।

प्रकाशित: Oct 29, 2021| 20:25 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्