शुक्रबार, असोज १६, २०८३

भदौमा ८.६७ प्रतिशतले बढ्यो विद्युतीय भुक्तानी

साउन महिनामा ३६ खर्ब ११ अर्ब रुपैयाँ विद्युतीय भुक्तानी भएकोमा भदौमा ३९ खर्ब २४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनका तुलनामा भदौमा विद्युतीय भुक्तानीको कारोबार रकम वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनका तुलनामा भदौमा ८.६७ प्रतिशतले विद्युतीय भुक्तानी बढेको हो। 

साउन महिनामा ३६ खर्ब ११ अर्ब रुपैयाँ विद्युतीय भुक्तानी भएकोमा भदौमा ३९ खर्ब २४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ। 

एक महिनाको अवधिमा तीन प्रकारका विद्युतीय भुक्तानीमा भने गिरावट आएको छ। इलेक्ट्रोनिक चेक क्लियरेन्स, इन्टरनेट बैकिङ र ब्रान्चलेस बैकिङबाट हुने भुक्तानी क्रमशः ११.३३, १०.५९ र १४.२८ प्रतिशतले घटेको हो। 

त्यस्तै यो अवधिमा सबैभन्दा बढी ई-कमर्सबाट भुक्तानी भएको छ। जसबाट २ खर्ब ४९ अर्ब ४६ करोड भुक्तानी भएको छ। यो साउनका तुलनामा १७.३८ प्रतिशत बढी हो। आरटीजीएसमार्फत हुने भुक्तानीमा पनि १७.३३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

कोभिड-१९ कारण भएको लकडाउन हुदा बैंक तथा वित्तीय संस्थाहरुले व्यापक रुपमा विद्युतीय भुक्तानीका उपकरणको प्रयोग गरेका थिए। विद्युतीय भुक्तानीको बानी परेकोले पनि वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ। 


प्रकाशित: Oct 29, 2021| 17:48 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्