शुक्रबार, असोज १६, २०८३

फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

न्युयोर्क- संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ। विवादका बीच फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो। अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलब ८ अर्ब डलर थियो।

एक पूर्वकर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ। एक महिनाअघि पूर्वकर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाएकी थिइन्। 

आन्तरिक कागजातको गोप्य चुहावट गर्ने क्रममा उनले फेसबुले उनले फेसबुकले बालबालिकालाई नकरात्मक असर गरेको बताएकी थिइन्। फेसबुकका प्रयोगकर्ता एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन्।

प्रकाशित: Oct 29, 2021| 04:00 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्