काठमाडौं - नेपाल आइडल सिजन-२ का विजेता रबि ओड ग्लोबल डायसपोरा इजुकेशन कन्सल्टेन्सी प्रालिको ब्राण्ड एम्बेसडोरमा नियुक्त भएका छन्। बिहिबार ग्लोबल डायस्पोरा इजुकेशन कन्सल्टेन्सीको कार्यालय बागबजारमा प्रालिका अध्यक्ष एकेन्द्र थापा र गायक रबि ओडले एक वर्षका लागि सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
संस्थाका अध्यक्ष एकेन्द्र थापाले नेपाल आइडलका विजेता रबिसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।
उनले एक वर्षको अवधिमा संस्थाले थप उचाइ प्राप्त गर्ने विश्वासमेत व्यक्त गरेको प्रबन्ध निर्देशक रिजन मडैले जानकारी दिएका छन्। प्रतिक्रियामा गायक रबिले आफू संस्थाको सफलताका लागि अग्रसर हुनेबताएका छन्।
हस्ताक्षर कार्यक्रममा ग्लोबल डायस्पोराको इजुकेशन प्रालिका प्रबन्ध निर्देशक मडै र कार्यकारी निर्देशक राहुल रेग्मी उपस्थित थिए।
ग्लोबल डाइसपोरा इजुकेशनले जापान, अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका लगायत देशहरुमा अध्ययनको लागि विद्यार्थी पठाउने गर्छ।