शुक्रबार, पुस १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

यसरी गम्भीर संकटतिर उन्मुख हुँदैछ अर्थतन्त्र

बाह्य क्षेत्र बिग्रँदै गएको छ भने आन्तरिक क्षेत्र पनि त्यति राम्रो देखिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांकले नेपालको अर्थतन्त्र संकटउन्मुख भएको देखाएको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, कात्तिक १२, २०७८

ntc landingntc landing

काठमाडौं– देशको अर्थतन्त्र गम्भीर रुपमा संकटउन्मुख देखिएको तथ्यांकहरु बाहिर आएका छन्। बाह्य क्षेत्र बिग्रँदै गएको छ भने आन्तरिक क्षेत्र पनि त्यति राम्रो देखिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांकले नेपालको अर्थतन्त्र संकटउन्मुख भएको देखाएको छ। 

himalayan bank box

चालु आवको दुई महिनाको अवधिमा शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड रुपैयाँले बचतमा रहेको थियो। साउनको तुलनामा भदौ महिनामा शोधनान्तर स्थिति ६ अर्ब ५१ करोडले थप घाटामा गएको छ। जबकि साउन महिनामा शोधनान्तर स्थिति ३८ अर्ब ४५ करोड घाटामा थियो भने भदौ महिनामा सो बढेर ४४ अर्ब ९६ करोड रुपैयाँ घाटा भएको थियो। 

बाह्य क्षेत्र सबैभन्दा मजबुत बनाउने क्षेत्र भनेको शोधनान्तर भुक्तानी स्थिति हो। शोधनान्तर भुक्तानी बचतमा रहेमा बाह्य क्षेत्र बलियो देखिन्छ भने घाटामा रहेमा बाह्य क्षेत्र कमजोर भएको देखिन्छ। नेपालमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापारघाटा २ खर्ब ७० अर्ब पुगेको छ भने असोज मसान्तसम्म यस्तो घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। यसले के देखाउँछ भने असोज महिनामा शोधनान्तर स्थिति दोब्बरभन्दा बढीले कमी आउनेछ। 

त्यस्तै, नेपालको बाह्य क्षेत्र बजबुत बनाउनका लागि विदेशी मुद्रा सञ्चतिको पनि ठूलो भूमिका रहने गरेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांक अनुसार नेपालमा दुई महिनामा नै ९२ अर्ब ०८ करोड रुपैयाँले वैदेशिक मुद्रा सञ्चिति घटेको छ। 

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा ६‍‍.६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा १३ खर्ब ०६ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ। असोज मसान्तसम्ममा नेपालको व्यापारघाटा ५८.२८ प्रतिशतले बढेपछि वैदेशिक मुद्रा सञ्चितिमा पनि चाप पर्ने देखिएको छ। किनकी नेपालमा आयात हुने सबै सामानको भुक्तानी डलरमा नै हुने गरेकोले डलरको सञ्चिति घट्ने देखिएको छ। 

vianet

नेपालमा डलर भित्रने सबैभन्दा ठूलो माध्यम भनेको रेमिट्यान्स हो। तर चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा रेमिट्यान्सको आप्रवाहमा ६.३ प्रतिशतले कमी आई १५५ अर्ब ३७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो। 

नेपालको बाह्य क्षेत्र बजबुत बनाउनका लागि विदेशी मुद्रा सञ्चतिको पनि ठूलो भूमिका रहने गरेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांक अनुसार नेपालमा दुई महिनामा नै ९२ अर्ब ०८ करोड रुपैयाँले वैदेशिक मुद्रा सञ्चिति घटेको छ।

एकातिर डलर भित्रने मुख्य स्रोत रेमिट्यान्सको आप्रवाहमा कमी आइरहेको छ भने अर्कोतर्फ आयात ७८ प्रतिशतले बढिरहेको छ। यसका कारण डलर खर्च भइरहेको छ र पछि नेपालले वैदेशिक मुद्राको समस्या भोग्न सक्छ। वैदेशिक मुद्रा सञ्चिति घट्दै गए पनि नेपाल राष्ट्र बैंकले विदेशमा घुम्न जानेहरुले ५०० प्रति व्यक्ति डलर र काम गर्न खाडी मुलुक जानेको हकमा २५० डलर मात्र साट्न  दिने व्यवस्था गरेको छ। 

‘हामीले डलरको सञ्चितिलाई मध्यनजर गर्दै सो व्यवस्था गरेका हौं,’ नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा। प्रकाश श्रेष्ठले भने, ‘एकातिर आयात बढी हुँदा डलर कम हुँदै गयो भने डलरको मुख्य स्रोत रेमिट्यान्स घट्दै गयो र पर्यटनमा पनि कमी आयो। त्यसैले राष्ट्र बैंकले बाध्य भएर सो व्यवस्था गरेको हो।’ 

डलरको सञ्चिति पर्याप्त नहुँदा सामान आयात गर्न सकिँदैन। र, नेपालको अर्थतन्त्र आयातमा निर्भर अर्थतन्त्र हो। यदि डलर सकिएर आयात हुन छोड्यो भने नेपालको अवस्था कस्तो होला कल्पना पनि गर्न नसकिने अर्थविद्हरु बताउँछन्। अर्थविद् डा। डिल्लीराज खनाल मुलुकको अर्थतन्त्र गम्भीर संकटउन्मुख रहेको दाबी गर्छन्। कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले थप असर गरेको र अहिले गठबन्धनको सरकारका गतिविधिले जन्माएको परिस्थिति र प्रवृत्तिले अर्थतन्त्रमा थप प्रतिकूलता निर्माण गरेको उनको तर्क छ।

उनले भने, ‘देशको अर्थतन्त्र बाह्य क्षेत्र मात्र होइन, आन्तरिक अर्थतन्त्र पनि प्यानिक अवस्थामा छ, यसले गम्भीर संकट निम्त्याउन सक्छ। शोधनान्तर स्थिति घाटामा जानु, चालु खाता १०६ अर्ब ७५ करोड रुपैयाँले घाटामा जानु, वैदेशिक मुद्रा सञ्चिति घट्नु, रेमिट्यान्स आप्रवाहमा कमी आउनु आदि कारणले देशको अर्थतन्त्र खतरा उन्मुख रहेको संकेत गरेको छ।’ 

जानकारहरुका अनुसार नेपालको निर्यात वृद्धि भएको छ तर यो क्षणिक हो। पछिल्लो समय भारतले आयातमा भन्सार घटाएको छ, जसका कारण निर्यातमा कमी आउने देखिएको छ। ‘अहिले बढेको निर्यात क्षणिक हो, यसबाट दिगो रुपमा निर्यात भएको भन्न सकिँदैन,’ डा। खनाल भन्छन्, ’पञ्चायतकालदेखि नै निर्यात भनेको मार्जिन खाने खालको मात्र थियो। दुई देशबीच भएको सम्झौतामा जुन प्रकारको सुविधा छ, व्यापारीहरुले त्यही उपयोग गरी निर्यात बढाइरहेका छन् जुन गलत हो। जस्तै– पाम तेलमा समय समयमा भारतले आयातमा रोक लगाउँछ, जसको असर नेपालको निर्यातमा पर्छ र समग्र निर्यातमा नै ठूलो असर पर्छ।’ 

अहिले भन्सार घटाएका कारण त्यसको निर्यातमा पनि व्यापक रुपमा ह्रास आउने उनले बताए। खनालले थपे, ‘सबै देशले भन्सार कम भएपछि डाइरेक्ट भारतसँग नै कारोबार गर्न थाल्छन्। नेपाल ल्याएर भारत पुर्याउन भन्दा उतै सहज हुन्छ।’ अहिले नेपालबाट सबैभन्दा बढी निर्यात हुनेमा पाम तेल दोस्रो हो भने सोयाविन पहिलो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सोयाविन तेल १ अर्ब ६४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ भने ७५ करोड ६ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ। देशको अर्थतन्त्र जोगाउन सरकारले कदम चाल्नुपर्नेमा खनाल जोड दिन्छन्। 

प्रकाशित: Oct 29, 2021| 12:55 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्