बिहीबार, जेठ २८, २०८३

करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु

 |  बुधबार, कात्तिक ५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०८२

रौतहट । रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु भएको छ। गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्यु भएको हो।

National life

नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्य समेत रहेका यादवको करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ।

करेन्ट लागेपछि अचेत भएका यादवलाई प्रादेशिक अस्पताल गौर उपचारका लागि ल्याइएको थियो। उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

प्रादेशिक अस्पताल गौरका चिकित्सकले उनलाई ४ः३० बजे मृत घोषित गरेका हुन्। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ। स्थानीय राजनीतिमा सक्रिय यादव समाजसेवीका रूपमा परिचित थिए।

 

Shivam cement

प्रकाशित: Oct 22, 2025| 19:00 बुधबार, कात्तिक ५, २०८२
प्रतिक्रिया दिनुहोस्