बिहीबार, वैशाख ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरीः संयोजक प्रचण्ड

समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरीः संयोजक प्रचण्ड

 |  बुधबार, कात्तिक ५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०८२

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचन समय भइ जेनजीका माग सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिएकाछन्।

National life

रामगोपालपुर नगर कमिटीको आयोजनामा आज पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुक अहिले जटिल अवस्थामा रहेको उल्लेख गर्दै त्यसको समाधान निर्वाचन भएको बताए।

'सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सबै राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प छैन', उनले भने। उनले जेनजीले उठाएका विभिन्न मुद्दा सम्बोधन हुनुपर्नेमा पनि जोड दिए।

उनले देशभित्र रहेका सबै वामपन्थी र कम्युनिस्ट दलबीच एकता आवश्यक रहेको पनि आवश्यकता औंल्याए।

kumari

प्रकाशित: Oct 22, 2025| 19:22 बुधबार, कात्तिक ५, २०८२
प्रतिक्रिया दिनुहोस्