काठमाडौं- यो साताका पाँचै दिन सेयर बजारको परिसूचक नेप्सेमा हरियाली छाएको छ। साताको चौथो दिन बुधबार १८.०६ अंकले बढेर नेप्से साताको पाचौँ दिन बिहीबार १३ अंकले बढेको हो। पछिल्लो वृद्धिसँगै नेप्सेले २७८२ अंकको बिन्दु कायम गरेको हो।
बिहीबार परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा बिहीबार ५ अर्ब ३९ करोडको मात्र कारोबार भएको हो।
बिहीबार ७१ कम्पनीको मूल्य घटेको छ भने ११३ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको मूल्य स्थिर रहेको छ। बैंकिङ ८, होटल तथा पर्यटन ३८, जीवन बीमा ८७, उत्पादन ५१ र व्यापार उपसमूह ९ अंकले घटेका छन्। विकास बैंक ५०, फाइनान्स १३, जलविद्युत ६५, माइक्रोफाइनान्स १३०, निर्जीवन बीमा ३ र अन्य उपसमूह ४७ अंकले बढेको देखिएको छ।
रिडी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो। मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य ९ प्रतिशतले बढ्यो। गुराँस लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा बढी २.६ प्रतिशतले घट्यो।