आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले मोरङको पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन, विराटनगरमा थापा

Siddartha premir insuranceSiddartha premir insurance

एमाले मोरङको पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन, विराटनगरमा थापा

पार्टी भित्रको समूहगत राजनीतिमा विगत लामो समयदेखि ओली समूहमै रहँदै आएका थापा र बस्‍नेतको प्रतिस्पर्धाले महानगरभित्र पार्टीका आन्तरिक गतिविधि समेत प्रभावित हुनसक्ने भन्दै पार्टीको उच्च तहको नेतृत्वले दुबै समूहलाई मिलाएर सर्वसम्मत नेतृत्व चयन गर्न निकै कसरत गरेको थियो।
 |  बुधबार, कात्तिक १०, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, कात्तिक १०, २०७८

विराटनगर- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको गाउँ–नगरको अधिवेशनबाट विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन्। अध्यक्ष पदका अर्का प्रत्यासी पर्शुराम बस्‍नेतले आफ्नो दाबी फिर्ता लिएपछि थापा सर्वसम्मत भएका हुन्। 

triton college

पार्टी भित्रको समूहगत राजनीतिमा विगत लामो समयदेखि ओली समूहमै रहँदै आएका थापा र बस्‍नेतको प्रतिस्पर्धाले महानगरभित्र पार्टीका आन्तरिक गतिविधि समेत प्रभावित हुनसक्ने भन्दै पार्टीको उच्च तहको नेतृत्वले दुबै समूहलाई मिलाएर सर्वसम्मत नेतृत्व चयन गर्न निकै कसरत गरेको थियो। त्यसका लागि अधिवेशनको पूर्वनिर्धारित कार्यक्रमलाई एकदिन लम्ब्याएर उच्च तहका नेताहरुले आन्तरिक प्रयास गरेका थिए। 

महानगर कमिटीको उपाध्यक्षमा शिल्पा निराला कार्की, सचिवमा रोहित कोईराला सर्वसम्मत चयन भएका छन्। सचिव पदका अर्का प्रत्यासी राधेश्याम कट्टेल, मीनकुमार आचार्यले आफ्नो दाबी फिर्ता लिएपछि कोइराला सर्वसम्मत भएका हुन्। 

महानगरको सहसचिवमा नवराज नेपाल र जयप्रकाश महत्तो सर्वसम्मत चयन भएका छन्। 

मोरङका अन्य पालिकामा को–को निर्वाचित भए?

Metro Mart
vianet

रतुवामाई नगर कमिटीको अध्यक्षमा देवी दाहाल, उपाध्यक्षमा कृष्ण ढकाल, सचिवमा नेवालाल राजवंशी  तथा सहसचिवमा हेम कार्की र हरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। 

कटहरी गाउँ कमिटीको अध्यक्षमा रामनारायण राजवंशी, उपाध्यक्षमा सुमन कुमार सरदार, सचिवमा मनोज माझी तथा सहसचिवमा यादव अधिकारी चयन भए। 

रंगेली नगर कमिटीको अध्यक्षमा दलबहादुर बस्‍नेत, उपाध्यक्षमा जीतलाल मण्डल, सचिवमा शान्तलाल खवास, सहसचिवमा यशोदा खतिवडा कोइराला र कृष्णकुमार ठाकुर चयन भए। 

ग्रामथान गााउँ कमिटीको अध्यक्षमा कुमार आचार्य, उपाध्यक्ष तुलसीराम विश्वास, सचिवमा सत्यनारायण माझी तथा सहसचिवमा अरबपति गच्छदार र नविन मण्डल थारु चयन भए। 

सुन्दरहरैँचा नगर कमिटीको अध्यक्षमा मात्रिकाबाबु ढकाल, उपाध्यक्षमा अकलदेबी चौधरी, सचिवमा सन्तोष घिमिरे तथा सहसचिवमा डिल्ली ढकाल र डिल्ली लुइँटेल चयन भए। 

मिक्लाजुङ गाउँ कमिटीको अध्यक्षमा बुद्धिमान लिम्बू, उपाध्यक्षमा बृद्धिलाल निरौला, सचिवमा नविन कार्की, सहसचिवमा चन्द्र लिम्बु चयन भए। 

केराबारी गाउँ कमिटीको अध्यक्षमा पूर्णबहादुर मगर, उपाध्यक्षमा राकेश राई, सचिवमा भीमबहादुर कार्की तथा सह सचिवमा सविता लिम्बू र शरण मगर सर्वसम्मत चयन भए। 

पथरीशनिश्चरे नगर कमिटीको अध्यक्षमा रमेश दाहालको नेतृत्वमा नयाँ कमिटी चयन भएको घोणणा गरिएको छ। प्रक्रिया मिचेर कमिटी घोषणा गरिएको भन्दै केही पदाधिकारीहरुले शपथ ग्रहणमा सहभागी नहुने बताएका छन्। 

कानेपोखरी र बेलबारीमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको नेताहरुले बताएका छन्। 

लेटाङ, उर्लाबारी, धनपालथान, जहदा र सुनवर्षीमा निर्धारित मितिमा अधिवेशन हुन सकेन। बाढी तथा डुबान र वडा अधिवेशन नै नभएका कारण ५ वटा स्थानीय तहमा पालिका अधिवेशन केही दिनका लागि स्थगित गरिएको मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए। उनका अनुसार १–२ दिनमै पालिका अधिवेशन सम्पन्‍न गरिने छ।

प्रकाशित: Oct 27, 2021| 19:16 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।