काठमाडौं- साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो।
बुधबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।