सोमबार, फागुन १८, २०८२

म्यानमारको अनुपस्थितिमा सुरु भयो आसियान सम्मेनल

दक्षिण एसियाली राष्ट्रहरुको संगठन (आसियान) राष्ट्रहरुको सम्मेलन मंगलबारदेखि सुरु भएको छ। म्यानमारमा सैन्य कू भएपछि उक्त सम्मेलनमा म्यानमारलाई भने सहभागी गराइएको छैन।
 |  मंगलबार, कात्तिक ९, २०७८

अलजजिरा

अलजजिरा

मंगलबार, कात्तिक ९, २०७८

ब्रुनाइ - दक्षिण एसियाली राष्ट्रहरुको संगठन (आसियान) राष्ट्रहरुको सम्मेलन मंगलबारदेखि सुरु भएको छ। म्यानमारमा सैन्य कू भएपछि उक्त सम्मेलनमा म्यानमारलाई भने सहभागी गराइएको छैन। 

तीन दिनसम्म चल्‍ने सम्मेलनमा आसियानको अध्यक्ष राष्ट्र ब्रुनाइले सम्मेलनको उद्घाटन सत्रमा म्यानमारको विषयमा केही बोलेनन्।  यसअघि अक्टोबर १५ मा आसियान राष्ट्रहरुले सम्मेलनमा म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लियाङलाई प्रतिबन्ध लगाउने सहमति गरेका थिए। 

म्यानमारमा फेब्रुअरी १ मा सेनाले कू गरेपछि लगातार प्रजातन्त्र पुनर्स्थापना र निर्वाचित नेताहरुलाई रिहाइको माग गर्दै लगातार विरोध प्रदर्शनहरु भइरहेका छन्। 

आसियानको सम्मेलनमा म्यानमारबाहेकका सदस्य राष्ट्रहरु ब्रुनाइ, कम्बोडिया, इण्डोनेसिया, लाओस, मलेसिया, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड र भियतनाम सहभागी रहेका छन्। म्यानमारले सन् १९९७ मा आसियानको सदस्यता लिएको थियो। 

दुई जना कूटनीतिज्ञका अनुसार म्यानमारले गैरराजनीतिक व्यक्ति तथा वरिष्ठ कूटनीतिज्ञ चान आईलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेको थियो। तर, सेना प्रमुख ह्लियाङले भने उनलाई पनि सहभागिताका लागि नजान निर्देशन दिएको बुझिएको छ।

kumari

मंगलबारको सम्मेलनमा मलेसयाका प्रधानमन्त्री इस्माइल साब्री याकुबले म्यानमारको सहभागिताको विषयमा ब्रुनाइले गरेको निर्णयको स्वागत गरेका छन्। 

म्यानमारले सोमबार राति सेना प्रमुखलाई निम्ता दिएको अवस्थामात्र आसियान सम्मेलनमा सहभागी हुनसक्ने प्रतिक्रिया दिएका थिए। 

प्रकाशित: Oct 26, 2021| 16:45 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।