काठमाडौं– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमाढिस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंककोे एक्टेन्सन काउन्टरको उद्घाटन सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गरेका छन्।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले कमलामाई नगरपालिकाको मालपोत कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व रकम जम्मा गर्न र मालपोतको काम गर्न सहज र सरल हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ।