शुक्रबार, असोज १६, २०८३

लगातार उकालो लाग्दै सेयर बजार

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ७८.८२ अंकले बढेर २७५१.२ अंकमा रोकिएको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ७८.८२ अंकले बढेर २७५१.२ अंकमा रोकिएको छ।

यसदिन कारोबार रकम भने केही बढेको छ। सोमबार ४ अर्ब ३० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार भने २ अर्ब एक करोडले बढेर ६ अर्ब ३१ करोड पुगेको नेप्सेले जनाएको छ। 

यसदिन ७ वटा कम्पनीले १० प्रतिशतले कमाएका छन् भने १४ वटा कम्पनीले ९ प्रतिशत भन्दा बढीले कमाएका छन्। मंगलबार सम्पूर्ण समूहगत परिसूचक पनि उकालो लागेको छ। यसदिन सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक उकालो लागेको छ। सो समूह ७.५१ प्रतिशतले उकालो लागेको हो। 

त्यस्तैगरी फाइनान्स कम्पनी समूहको पनि ५.६१ प्रतिशतले उकालो लागेको नेप्सेले जनाएको छ। यसदिन ङादी गु्रप पावर कम्पनीको सेयर सबैभन्दा बढी ६५ अंकले उकालो लागेको छ। 

त्यस्तै मंगलबारको कारोबारमा सबैभन्दा बढी साना किसान विकास बैंक रहेको छ। सो बैंकको ३५ अंकले बजार ओरालो लागेको छ। 

सबैभन्दा बढी कारोबार गर्नेमा कामना सेवा विकास बैंक रहेको छ। यस साता बजार लगातार उकालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकले व्याजदरलाई एकल अंकमा ल्याउनका लागि बैंकहरुलाई दबाब दिएपछि बजार ओरालो लागेको हो। 

अर्कोतर्फ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लागु गरेको चार करोड र १२ करोडको सीमा हटाउने हल्लाले पनि बजार उकालो लागेको हो। 



प्रकाशित: Oct 26, 2021| 15:25 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्