काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।
सेवामा उत्कृष्टता कायम गर्ने उद्देश्यले कम्पनीले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो। कम्पनीको मूल नारा ‘सर्वे भवन्तु सुखिनः’ छ।
नयाँ लोगो कम्पनी संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले संयुक्त रुपमा अनावरण गरेका हुन्।