शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य निरन्तर उकालो

चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले बढेको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं– चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार तीन सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५६ रुपैयाँ कायम भएको छ । हिजो सोमबार पनि सोही मूल्य कायम भएको थियो ।

प्रकाशित: Oct 26, 2021| 11:56 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्