शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक हप्तामा बाणिज्य बैंकको २० अर्ब गायब, बैंकहरुले दिन सकेनन् ऋण

एक हप्तामा बाणिज्य बैंकको २० अर्ब गायब, बैंकहरुले दिन सकेनन् ऋण

नेपाल बैंकर्स संघका अनुसार कात्तिक पहिलो साता बाणिज्य बैंकहरुबाट २० अर्ब रुपैयाँ निक्षेप गायब भएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- कात्तिकदेखि लागु हुनेगरी वाणिज्य बैंकहरुले ब्याजदर बढाए पनि निक्षेप भने बढ्न सकेन। नेपाल बैंकर्स संघका अनुसार कात्तिक पहिलो साता बाणिज्य बैंकहरुबाट २० अर्ब रुपैयाँ निक्षेप गायब भएको छ। 

कात्तिक अन्तिम साता बाणिज्य बैंकहरुमा ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा एक हप्तामा नै २० अर्ब रुपैयाँले घटी कात्तिक ५ गते ४२ खर्ब ४९ अर्ब रुपैयाँमा रहेको छ। व्याजदर बढे पनि लगानीकर्ताहरुले लगानी बढाउनका लागि आफ्नो निक्षेप झिक्दा बाणिज्य बैंकहरुबाट निक्षेप घटेको हो।

त्यस्तै कात्तिक लागेपछि बाणिज्य बैंकहरुको कर्जा एक अर्ब रुपैयाँले घटेको छ। बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको अभावसँगै उनीहरुले ब्याजदर बढाएपछि ऋणीहरुले उल्टै एक अर्ब रुपैयाँ ऋण तिरेका छन्। कात्तिक ५ गते बाणिज्य बैंकहरुसँग १ अर्ब रुपैयाँले कर्जा घटेर ३९ खर्ब ९८ अर्ब रुपैयाँमा कायम भएको छ। 

प्रकाशित: Oct 25, 2021| 16:59 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्