आइतबार, जेठ ६, २०८१

सुडानमा आपतकाल घोषणा, सार्वभौम परिषद् खारेज

जनरल अब्देल फताह अब्देल रहमान बुराहले परिषद् खारेज भएको घोषणा गरेका छन्। उनले सोमबार सम्बोधन गर्दै मुलुकमा आपतकालसमेत घोषणा गरेका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

अलजजिरा

अलजजिरा

सोमबार, कात्तिक ८, २०७८

खार्तुम- सुडानको सार्वभौम परिषद्‌का प्रमुख जनरल अब्देल फताह अब्देल रहमान बुराहले परिषद् खारेज भएको घोषणा गरेका छन्। उनले सोमबार सम्बोधन गर्दै मुलुकमा आपतकालसमेत घोषणा गरेका छन्। 

triton college

सुडानमा सोमबार बिहान प्रधानमन्त्री अब्दाल्लाह हाम्दोकसहित निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सैन्य कू गरिएको थियो। सोमबार नै मन्त्रिपरिषद् पनि भंग गरिएको हो। 

जनरल बुराहले सन् २०१९ को सम्झौताले संक्रमणकालीन प्रक्रियालाई थप जटिल बनाएको र सेना र नागरिक नेताहरुबीचको नेतृत्वको सहकार्यले शान्ति र स्थायित्वलाई नै खतरामा पुर्‍याएको बताएका छन्। 

उनले सेनाले मुलुकको सुरक्षालाई संरक्षण गर्नका लागि परिषद् खारेजको घोषणा गरेकोसमेत बताएका छन्। उनले सन् २०२३ को जुलाईमा निर्वाचन गर्ने घोषणा गर्दै राज्यका गर्भनरलाई पनि बर्खास्त गरेका छन्। 

सुडानमा भएको कूविरुद्ध चर्को आन्दोलन र नाराबाजी भइरहेका छन्। देशभरबाट आन्दोलन गरिरहेका एक हजारभन्दा बढीलाई सेनाले नियन्त्रणका लिएको छ भने झडपका क्रममा १२ जना घाइते भएका छन्। 

corrent noodles
Metro Mart

सुडान कूविरुद्ध भएको आन्दोलनलाई दबाउनका लागि सुडान सेनाले बल प्रयोग गर्दा दुबै पक्षबीच झडप भएको हो। 

संयुक्त राष्ट्रसंघले सुडानमा गैरकानुनी रुपमा हिरासतामा राखिएका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ। सुडानको सेनाले सोमबार प्रधानमन्त्री अब्दाल्लाह हाम्दोकसहित अन्य नेताहरुलाई घरमै नजरबन्द गरिएका छन्। 

उनले प्रजातन्त्र पुनर्स्थापना र  संवैधानिक नियमलाई पालना गर्नका लागि सबै पक्षलाई वार्ताका माध्यमबाट समाधान खोज्‍न आग्रह गरेका छन्। 

युरोपियन युनियनले पनि सुडानको संक्रमणकाललाई सही बाटोमा फर्काउनका लागि आग्रह गरेको छ। ईयूका विदेश मामिला प्रमुख जोसेफ बोरेलले ट्विट गर्दै सुडानको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएका छन्। 




प्रकाशित: Oct 25, 2021| 16:21 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।