शुक्रबार, असोज १६, २०८३

सोमबार ८५ अंकले उकालो लाग्यो नेप्से

नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदर वृद्धिमा लगाम लगाएसँगै सेयर बजार उकालो लागेको हो।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- सोमबार सेयर बजार परिसूचक (नेप्से) ८४.९० अंकले उकालो लागेर दुई हजार ६७२ दशमलव २५ अंकमा अडिएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदर वृद्धिमा लगाम लगाएसँगै सेयर बजार उकालो लागेको हो।

त्यसैगरी धमाधम विभिन्‍न कम्पनीहरुले बोनस लाभांश दिने घोषणा गरेपछि बजार उकालो लागेको बजार विश्लेषकहरुको दाबी रहेको छ। यसदिन दिनभर २२९ कम्पनीको चार अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

सोमबार १७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बढेको बजारमा पनि मेरो लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएको छ। यसदिन सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको १६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

प्रकाशित: Oct 25, 2021| 15:28 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्