काठमाडौं– ई–कमर्स कम्पनी दराजले देशका ४७ सहरमा सेवा विस्तार गरेको छ। कम्पनीले आफ्नो डेलिभरी तथा लजिस्टिक सेवालाई देशव्यापी रुपमा विस्तारको योजनालाई तिव्र बनाउने घोषणा पनि गरेको छ।
दराजले सन् २०२२ सम्ममा ग्रामीण क्षेत्रमा जाने योजना बनाएको छ। २०१८ मा अलिबाबाले लिएयता दराज देशव्यापी रुपमा लजिस्टिक पूर्वाधार निर्माणमा केन्द्रित छ। त्यसैको फलस्वरुप दराजले ४७ भन्दा धेरै सहरमा आफ्नो सेवा पुर्याउन सफल भएको हो।
नेपालका विविध भौगोलिक अवस्था र सडक सञ्जालको कमिका कारण ई–कमर्स कम्पनीलाई हाल सेवा विस्तार गर्न निकै समस्या छ। सडक सञ्जाल राम्रो नहुँदा सेवा आपूर्ति अप्ठ्यारो हुने भएकाले हाल दराजले सडकसँग परिचित स्थानीय राइडरहरु भर्ना लिन थालेको बताएको छ।