शुक्रबार, असोज १६, २०८३

पाँचवटा फाइनान्स कम्पनीले तिरे ५६ लाख हर्जाना

नेपाल राष्ट्र बैंकले ५ वटा फाइनान्स कम्पनीहरुलाई तोकिएको व्यवस्था कार्यान्वयन नगरेको भन्दै ५५ लाख ७६ हजार ५६८ रुपैयाँ जरिवाना तिराएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले ५ वटा फाइनान्स कम्पनीहरुलाई तोकिएको व्यवस्था कार्यान्वयन नगरेको भन्दै ५५ लाख ७६ हजार ५६८ रुपैयाँ जरिवाना तिराएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको गैर स्थलगत सुपरिवेक्षणको आधारमा केन्द्रीय बैंकले गरेको व्यवस्था बमोजिम अनिवार्य नगद मौज्दात, विपन्न वर्ग कर्जा र सिडि अनुपात नपुर्याएको भन्दै ती कम्पनीहरुलाई हर्जाना तिराएको हो। 

केन्द्रीय बैंकले गरेको व्यवस्था अनुसार फाइनान्स कम्पनीहरुले निक्षेपको ३ प्रतिशत अनिवार्य नगद मौज्दात (सिआरआर) कायम गनुपर्ने छ भने जम्मा कर्जाको ५ प्रतिशत विपन्न वर्ग कर्जा र निक्षेपको ९० प्रतिशत सिडि रेसियो हुनुपर्ने व्यवस्था रहेको छ। यदि सो व्यवस्था बमोजिम नभएमा राष्ट्र बैंकले हर्जाना गर्न सक्ने व्यवस्था रहेको छ। 

केन्द्रीय बैंकका अनुसार ललितपुर फाइनान्सले मात्रै चार पटक २१ लाख २१ हजार ५६४ रुपैयाँ हर्जाना तिरेको छ। सो फाइनान्सले तीन पटक विपन्न वर्ग कर्जा सिमा अनुसार नपुर्याएकोमा २० लाख ५६ हजार ९९२ रुपैयाँ हर्जाना तिरेको छ भने एक पटक सिडि रेसियोको सिमा नघाएकोमा ६४ हजार ५७२ रुपैयाँ तिरेको छ। 

त्यस्तै समृद्धि फाइनान्स कम्पनीले सिआरआर कायम नगरेकोमा पहिलो पटक १३८ रुपैयाँ हर्जना तिरेको छ भने गुडविल फाइनान्स पनि पहिलो पटक २ हजार ८०७ रुपैयाँ सोही कसुरमा हर्जाना तिरेको छ। 

त्यस्तैगरी सिटि एक्सप्रेस फाइनान्सले पहिलो पटक सिडि रेसियो उल्लंघन गरेकोमा ६४ हजार ५७२ रुपैयाँ हर्जना तिरेको छ भने जानकी फाइनान्सले विपन्न वर्ग कर्जाको सिमा ५ प्रतिशत नपुर्याएकोमा ३१ लाख ९२ हजार ३०८ रुपैयाँ हर्जाना तिरेको छ। 


प्रकाशित: Oct 24, 2021| 18:30 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्