शुक्रबार, असोज १६, २०८३

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ। 

भेटमा सुदूरपश्चिमसहित देशका विभिन्‍न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जनधन र पूर्वाधार क्षतिका सम्बन्धमासमेत कुराकानी भएको बताइएको छ। साथै पुनर्स्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको अर्थमन्त्री शर्माको सचिवालयले जनाएको छ।

यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराएका छन्। भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपालजस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। 


प्रकाशित: Oct 24, 2021| 14:59 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्