शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने

एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने

यसपालिको चाडपर्व थप उल्लासमय हुने भएको छ ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– यसपालिको चाडपर्व थप उल्लासमय हुने भएको छ । एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स ९यूएई० र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् । 

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले दशैं, तिहार र छठ पर्वको अवसरमा बिहीबार ९असोज २१० बाट लागु हुने गरि यो आकर्षक योजना संचालनमा ल्याउँदै छ । यस योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १–१ वटा गरि हरेक हप्ता २१ वटा स्मार्टफोन पाउँनेछन् ।

यसदेखि बाहेक, विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन् ।

यो योजना पाँच हप्ता अर्थात कार्तिक २४ गते सम्म संचालनमा रहनेछ । यसको मतलब योजना अवधिमा कुल ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन् । स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तिमा ग्राहकले माथि उल्लेखित देशहरुबाट कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनुपर्छ ।

प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछ ।


प्रकाशित: Oct 19, 2021| 15:05 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्