शनिबार, असोज १७, २०८३

ग्लोबल आइएमई बैंकको २८१ औं शाखा काठमाडौंको खुसिबुमा

ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको खुसिबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको खुसिबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ।

यसैगरी बैंकले  मोरङ जिल्ला सुनवर्षी नगरपालिका–२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ९राजश्व संकलन काउन्टर सहित० ४८ पुगेको छ। अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ। 

ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ। 


प्रकाशित: Oct 19, 2021| 14:30 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्