काठमाडौं– नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको हो।
नबिल बैंकमा महाप्रबन्धकले डेपुटी प्रमुख कार्यकारीको हैसियतमा काम गर्न पाउने चलन छ। यसअघि ज्ञवाली बैंकको नायब महाप्रबन्धक थिए। ज्ञवालीले नायब महाप्रबन्धक पदमा हुँदा बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेको भन्दै सञ्चालक समितिले महाप्रबन्धकमा बढुवा गरेको हो।
अब नबिल बैंकमा ज्ञवालीसँगै तीन जना महाप्रबन्धक पुगेका छन्।