शनिबार, असोज १७, २०८३

घट्न थाल्यो तरकारीको भाउ

दशैं सुरु हुँदा आकाशिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– दशैं सुरु हुँदा आकाशिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैं सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो । 

दशैंको समयमा खासगरी गोलभेडा, काक्रो, काउली लगायतका केही बस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो । दशैंको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताहरुले गुनासो थियो ।

तर, दशैं सकिएसँगै तरकारी तथा फलफुलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए। उनले माग सामान्य हुँदै गएकोले मूल्य पनि विस्तारै समान्यकरण हुँदै गएको काराण मूल्य घट्ने क्रम जारी रहेको बताए। गोलभेडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य आजबाटै घटिसकेको पनि उनले बताए।

समितिका उपनिर्देशक श्रेष्ठले यसबर्ष बढी बर्ष भएको कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दावी गरे। यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दशैंको समयमा मूल्य बढेको उनले बर्ताए। दशैंको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठ सय टनसम्म समान भित्रिएको थियो । अष्टमीको दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाइ छ।

दशैं, तिहार लगायतको चाडपर्वको बेला व्यापारीहरुले हरेको सामानको अत्याधिक वृद्धि गर्ने गरेका छन् । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चाडपर्वको बेला अनुगमनलाई तिब्रता दिने गरेपनि व्यापारीहरुले भने हरेक बर्ष हरेक सामान्यको मूल्य अत्याधिक वृद्धि गर्ने गरेका छन् ।


प्रकाशित: Oct 19, 2021| 06:05 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्