शनिबार, असोज १७, २०८३

२१८ कम्पनीको सेयर कारोबार हुँदा २०८ वटाको ओरालो

सेयर बजार परिसूचक (नेप्स) घटेर २५८७.४५ मा झरेको छ। आज (सोमबार) नेप्से ६९.५१ अंकले घटेको हो।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं– सेयर बजार परिसूचक (नेप्स) घटेर २५८७.४५ मा झरेको छ। आज (सोमबार) नेप्से ६९.५१ अंकले घटेको हो।

आज व्यापारबाहेक सबै समूहको सेयर घटेको छ। बैंकिङ समूहको सेयर ३८ अंकले, विकास बैंक १६७, होटल ८८, फाइनान्स ९८, माइक्रोफाइनान्स १८५ र जलविद्युत् समूहको सेयर १०२ अंकले घटेको छ। 

आज २१८ कम्पनीको सेयर कारोबार भएकोमा १० वटाबाहेक सबैको ओरालो लागेको छ। सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ। आज ८७ लाख कित्ता सेयर २ अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएका छन्।  

प्रकाशित: Oct 18, 2021| 15:30 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्