शनिबार, असोज १७, २०८३

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७-०७८ मा आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं- ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७-०७८ मा आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

बैंक सञ्‍चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात आर्थिक वर्ष २०७७-०७८ को वितरण योग्य मुनाफासमेतबाट आफ्ना शेयर धनीहरुलाई दुई अर्ब ९२ करोड बराबरको १३.५ प्रतिशत  लाभांश (बोनश शेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैँया रहेकोमा प्रस्तावित १० प्रतिशत वोनस शेयर वितरण पश्चात चुक्ता पुंजी २३ अर्ब ७९ करोड पुग्ने बैंकले जानकारी दिएको छ।

त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुंजीकोष ३६ अर्ब ९२ करोड रहने जानकारी बैंकले दिएको छ । देशमा सञ्‍चालित कुनै पनि वाणिज्य बैंकहरु भन्दा यो पुंजीकोष अत्यधिक रहेको बैंकको भनाइ छ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७-७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। १० प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्‍नेछ।


प्रकाशित: Oct 18, 2021| 12:43 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्