शुक्रबार, वैशाख २८, २०८१

राष्ट्रपति सडकमा देखिँदा श्रद्धाले झुक्न पाउने कहिले?

हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरु सडकमा देखिँदा हाम्रो आधा शरीर श्रद्धाले आफैं निहुरियोस्। गाडीमा हाम्रा सम्माननीयहरु हुइँकिँदा सडकको किनारामा उभिएर परर्र ताली पड्काउन पाइयोस्। मोबाइल झिकेर उनीहरुको फोटो कैद गर्ने रहर पलाओस्।
 |  सोमबार, कात्तिक १, २०७८

शान्तिकृष्ण अधिकारी

शान्तिकृष्ण अधिकारी

सोमबार, कात्तिक १, २०७८

महाअष्टमीका दिन देवीको दर्शनका खातिर हामी पनि विभिन्न मन्दिर पुगेका थियौं। डिल्लीबजारस्थित कालिकास्थान पुग्दा प्रहरीको भीड देखिन्थ्यो। भक्तजनका मोटरसाइकल र गाडी पार्किङ व्यवस्थापनमा निकै सजगताका साथ उनीहरु जुटेका थिए। सडक किनारमा चुन छर्किएको थियो। त्यहाँका दृश्य हेर्दा कुनै ठूलै मान्छेको सवारी हुँदैछ भन्ने हामीले लख काट्यौं। 

triton college

त्यहाँबाट निस्केर नक्साल भगवती हुँदै गुह्येश्वरी पुगियो। सडक किनारामा सवारी पार्क गर्न दिइएको थिएन। सानो क्षेत्र पार्किङका लागि छुट्याइएको थियो। त्यहीं गाडी राखेर दर्शनका लागि मन्दिरतर्फ गइयो। फर्केर आउँदा प्रहरी र पार्किङ व्यवस्थापनका लागि जुटेका मान्छे हस्याङफस्याङ गर्दै थिए। गाडी छिटो झिक्न र छिटै जान भनियो। त्यहाँ आएका अन्य सवारीलाई पार्किङ व्यवस्थापक भन्दै थिए– अब दुई घण्टाका लागि पार्किङ बन्द। किन भनेर हामीले सोध्यौं। जवाफ आयो– राष्ट्रपतिको सवारी हुँदैछ रे। राष्ट्रपति आएपछि पार्किङ, मन्दिर सबै खाली। त्यस दिन त्यहाँ राष्ट्रपतिको सवारी भयो कि भएन थाहा छैन तर उनै पार्किङवालाको सूचना सही थियो भने मन्दिर दर्शन गर्न पुगेका जनताको हालत के भयो होला त? 

घडीको सुईले झण्डै एक बजाइसकेको थियो। देवीदर्शनका लागि भोकभोकै हिँडिएको थियो। हामी त्यहीं हुँदै राष्ट्रपति आइपुगे दुई घण्टा रोकिनुपर्ने जनाउ प्राप्त भइसकेको थियो। उहाँको सवारीलाई स्वागत गर्दै तीन बजेसम्म खाना नखाई बस्ने हामीमा हिम्मत आएन। सडक जनताको हो, रोक्न पाइँदैन भनेर विवाद गरी सफलता हात लाग्ने अवस्था पनि थिएन। लोकतन्त्रमा जनता पहिला, त्यसपछि अरु भनेर सिद्धान्तका कुरा गरेर पनि प्रहरीको कोपभाजनमा पर्नुबाहेक केही हुने देखिएन। त्यसैले हतारहतार गाडी झिकेर घरतर्फ कुलेलम ठोक्नुमै उचित हुने ठहर्‍याई त्यहाँबाट हिँड्याैं। नेपालका नेताहरुका जीवनशैलीबारे कुरा गर्दै घर पुग्यौं।

हामी त धन्न उम्क्यौं। केही गरी राष्ट्रपति त्यहाँ पुगेको भए हाम्रो हालत के हुन्थ्यो होला? भर्खरै त्यहाँ पुगेका ती भक्तजन अब के गर्लान्? फर्कौं भने पनि प्रहरीले बाटो रोकिसकेका छन्। नफर्कौं भने दुई घण्टा पर्खनुपर्ने। भोको पेटमा दर्शन गर्न हिँडेकाहरुको के अवस्था भयो होला?

हामीले सोच्यौं, कुरा गर्‍यौं – हामी त धन्न उम्क्यौं। केही गरी राष्ट्रपति त्यहाँ पुगेको भए हाम्रो हालत के हुन्थ्यो होला? भर्खरै त्यहाँ पुगेका ती भक्तजन अब के गर्लान्? फर्कौं भने पनि प्रहरीले बाटो रोकिसकेका छन्। नफर्कौं भने दुई घण्टा पर्खनुपर्ने। भोको पेटमा दर्शन गर्न हिँडेकाहरुको के अवस्था भयो होला? बूढापाका र बालबच्चा पनि देखिन्थे, तिनीहरु के गर्दै होलान्? एकजना दर्शन गर्न आउँदा सारा जनताले यस्तो कष्ट भोग्नुपर्ने ? कस्तो व्यवस्था ल्याइएछ नेपालमा? आदि इत्यादि।

हामी सानो हुँदा राजारानीहरु महाअष्टमीका दिनमा दक्षिणकाली, शोभा भगवती, नक्साल भगवती, गुह्येश्वरी आदि देवीहरुका दर्शन गर्न निस्केका देख्दथ्यौं। प्रत्येक वर्ष त्यस दिनको समाचारमा यसका दृश्यहरु देखाइन्थे। कहिलेकाहीं हामी पनि दर्शन गर्न गएका बेला राजपरिवारसँग जम्काभेट हुन्थ्यो। अहिलेका राष्ट्रपतिको सवारीमा झैं दुई घण्टासम्म जनतालाई प्रतीक्षा गराएको भने देखिन्थेन तर गणतन्त्र आएपछिका राष्ट्रपतिमा किन यस्तो रहर पलाएको हो? 

corrent noodles
Metro Mart

मन्दिर दर्शन गर्न हिँडेका बेला राजारानी जहाँ पुग्छन्, त्यहींको सडक क्षणभरका लागि खाली गराइन्थ्यो, केहीबेरमै जनता हिँड्न पाउँथे।

प्रजातन्त्र आएपछि त राजा वीरेन्द्र, युवराज दीपेन्द्रका भ्रमणशैली निकै फेरिइसकेका थिए। राजकीय र औपचारिकबाहेकका भ्रमणमा त त्यति साह्रै सडक खाली गराएको अनुभव पनि हुन छाडिसकेको थियो। कार्यक्रममा पुगिसकेपछि त सर्वसाधारणसँग उनीहरुले देखाएका व्यवहारले धेरैको मन जित्न थालेको थियो। ज्ञानेन्द्र शाह राजा हुन पुगेपछि भने फेरि राजाका भ्रमणहरुमा जनताले कठिनाइ व्यहोर्नुपर्ने क्रम शुरु भएको थियो। लोकतन्त्रपछिका राष्ट्रपतिहरुले पनि त्यसैलाई निरन्तरता दिँदा गणतन्त्रमाथि नै प्रश्नचिह्न उठ्न पुगेको छ, जुन अत्यन्त दुःखद छ।

कतिपय विदेशी मुलुकका राष्ट्रपतिहरु बिना सुरक्षा बजारमा निस्केका भिडियो सामाजिक सञ्जालमा आउने गर्दछन्। कतिपय देशका प्रधानमन्त्री सार्वजनिक सवारीसाधनमा कार्यालय आउने जाने गरेका तस्बिर समाचारमा आउने गरेका छन्। राष्ट्रप्रमुखहरु सर्वसाधारणसँगै लाइनमा उभिएर सेवाग्राही बनेका खबर प्रकाशित भइरहन्छन्। सञ्चारका साधनले विश्वलाई नै एउटै मोबाइलमा कैद गरिसकेका समय अहिलेको हो र यस्ता सूचना सबै नेपाली जनतालाई सहज रुपमा प्राप्त भइरहेका छन्।

जनताले आफ्नो शासक आफै‌ंले नै छान्ने हो। जनअभिमतबाट छानिएको मान्छे नै राष्ट्रपति, प्रधानमन्त्री हुने व्यवस्थ भन्दा अरु कुनै उत्तम हुनै सक्दैन। जन्मका आधारमा कोही मान्छे स्वतः शासक हुने व्यवस्था कदापि राम्रो हुनै सक्दैन।

अन्य देशका प्रमुख यस्ता साधारण देखिनु, आर्थिक रूपमा सम्पन्न मुलुकका राष्ट्रपतिहरु आमनागरिक सरह सडकमा देखिनु, विकसित भनिएका देशका प्रधानमन्त्रीहरु सर्वसाधारणसरह आवत–जावत गर्नु अनि ऋण, सहयोग र अनुदानमा चलेको मुलुकका प्रमुखहरुले यस्तो रवैया देखाउँदा आमनेपालीमा कस्तो प्रभाव परेको छ? के ती उच्च ओहोदामा बसेकाहरुले कहिल्यै सोचेका छन् त? दुई मिनेट मात्रै पनि यसका बारेमा मूल्यांकन गर्नका लागि समय छुट्याए भने आफ्नै आनीबानीलाई आफैं सही ठहर्‍याउलान्? निश्चय नै ठान्दैनन्। यसको मतलब यो हुन्छ कि नेपालका उच्च पदमा बसेकाहरुले सिर्फ आफ्ना बारेमा सोच्छन्, आफूबाहेक अरु कोही होइन भन्छन्। 

यसको आशय यो होइन कि वर्तमान व्यवस्था भन्दा पञ्चायती व्यवस्था नै ठिक थियो। राष्ट्रपतिभन्दा राजा रहनु नै वेश हो भन्न खोजिएको पनि होइन। जनताले आफ्नो शासक आफै‌ंले नै छान्ने हो। जनअभिमतबाट छानिएको मान्छे नै राष्ट्रपति, प्रधानमन्त्री हुने व्यवस्थ भन्दा अरु कुनै उत्तम हुनै सक्दैन। जन्मका आधारमा कोही मान्छे स्वतः शासक हुने व्यवस्था कदापि राम्रो हुनै सक्दैन। खेतमा हलो जोत्दै गरेको किसानदेखि मिलमा काम गर्दै गरेको मजदुरसम्मले राष्ट्रप्रमुख या सरकार प्रमुख हुन पाउने व्यवस्थालाई कुनै पनि व्यवस्थाले चुनौती दिनै सक्दैन। जिकिर यो मात्रै गर्न खोजिएको हो कि गलत मान्छे ठूला ठाउँमा पुगे या पुर्‍याइयो भने कस्तो अवस्था भोग्नुपर्छ भन्ने मात्रै हो।

अठार करोडको गाडीको प्रसंग सेलाइसकेको छ। अर्बौंको हेलिकप्टरको कथा पनि पुरानो भइसकेको छ। लाखौंको गलैंचा खरिदबारेका कुरा पनि आमनागरिकका दिमागबाट विस्मृत भइसकेको छ। प्रतिनिधिसभा विघटनमा भएका कुरा पनि जनताले अब बिर्सिसके भन्दा हुन्छ। फेरि यस्ता घटना नहोऊन् भन्ने मात्रै चाहना जनताको छ। जनताका बीचबाट छानिएका राष्ट्रपति, प्रधानमन्त्रीहरु जनताकै मनमा रहन सकून् भन्ने आकांक्षा मात्रै हो।

लोकतन्त्र अत्यन्त सरल व्यवस्था हो तर नैतिकताले जकडिएको अत्यन्तै कठिन तन्त्र पनि हो। लोकतन्त्र रक्षाका लागि राष्ट्रपति, प्रधानमन्त्रीहरु आदर्शका प्रतिमूर्ति बन्न सक्नुपर्दछ। गणतन्त्र संवद्र्धनका लागि राजनीतिक दलका नेताहरु आमनागरिकका लागि अनुकरणीय हुनैपर्छ। नेताहरुका मनमा जति अहम्, अधिनायकवाद र अराजकताले स्थान लिँदै गयो लोकतन्त्र उति नै कमजोर हुँदै जाने कुरामा शंका छैन। जनताबाट चुनिएका नेताहरु जनताबाटै जति टाढा हुँदै जान्छन् गणतन्त्रप्रतिको आस्थामा जनताको मन त्यति नै टाढिँदै जाने कुरामा चिन्तित हुनैपर्छ।

हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरु सडकमा देखिँदा हाम्रो शिर श्रद्धाले आफैं निहुरियोस्। गाडीमा हाम्रा सम्माननीयहरु हुइँकिँदा सडकको किनारामा उभिएर परर्र ताली पड्काउन पाइयोस्।  मोबाइल झिकेर उनीहरुको फोटो कैद गर्ने रहर पलाओस्। 

ठूलाठूला घटनाले मात्र होइन, लोकतन्त्रविरुद्धका राजनीतिक कदमले मात्र होइन, नेताहरुका ससाना खराब चरित्रले पनि लोकतन्त्रमाथि आघात पुर्‍याइरहेको हुन्छ। नेताहरुले जानी–नजानी गरेका व्यवहारले पनि गणतन्त्रलाई अलोकप्रिय बनाइइहेको हुन्छ भन्ने तर्फ पनि ध्यान दिनैपर्छ। अझ हाम्रो जस्तो अस्थिर राजनीति भएको र भर्खरै गणतन्त्रमा प्रवेश गरेको मुलुकमा त नेताहरु नै सबैभन्दा बढी सजग हुनुपर्छ।

जनताले जहिले पनि अघल्लोसँग पछिल्लोको तुलना गर्दछन्। धेरै पुराना घटनाहरु सम्झेर त्यो भन्दा यो ठिक भनेर मूल्यांकन गरी रहँदैनन्। अहिलेका राष्ट्रपतिको तुलना कि त प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग हुन्छ कि विस्थापित भएका राजाका ठाउँमा आएका कारण पूर्व राजाहरुसँगै हुन्छ। वर्तमान राष्ट्रपति भन्दा त राजा नै ठिक थिए भन्ने आवाज एकजनाको मुखबाट पनि निस्कियो भने त्यो वर्तमान राजनीतिक व्यवस्थामाथि नै भएको प्रहार हो भन्ने संविधानका संरक्षकहरुले सोच्न सकेमा मात्रै देश र जनताको भविष्य उज्वल हुनसक्छ।

सुन्नमा आउँछ – राष्ट्रपतिको सवारी प्रोटोकल सुरक्षा निकायले तयार गर्दछ, यसमा राष्ट्रपतिको कुनै हात हुँदैन। सर्वसाधारणले सुनेका कुरा राष्ट्रपतिलाई थाहा हुँदैन भन्ने यो कुरा त्यति पत्यार लाग्ने होइन। सर्वसाधारणलाई दुःख हुने गरी सवारी नचलाउनु भनेर राष्ट्रपतिले भन्ने हो भने निश्चय नै सुरक्षा निकायले त्यस्तो व्यवस्था गर्दैन।

बरु भने हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरु सडकमा देखिँदा हाम्रो आधा शिर श्रद्धाले आफैं निहुरियोस्। गाडीमा हाम्रा सम्माननीयहरु हुइँकिँदा सडकको किनारामा उभिएर परर्र ताली पड्काउन पाइयोस्।  मोबाइल झिकेर उनीहरुको फोटो कैद गर्ने रहर पलाओस्। जनताको यो चाहना पूरा गर्न के गर्नुपर्छ भन्ने थाहा नपाएका राष्ट्रपति, प्रधानमन्त्री निश्चय पनि हाम्रा छैनन्।


प्रकाशित: Oct 18, 2021| 08:15 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...