शनिबार, असोज १७, २०८३

साढे १७ अंकले बढ्यो नेप्से

दसैंपछिको कारोबार भएको पहिलो दिन नेप्से परिसूचक दोहोर अंकले बढेको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काटमाडौं– दसैंपछिको कारोबार भएको पहिलो दिन नेप्से परिसूचक दोहोर अंकले बढेको छ। आइतबार नेप्से १७.५९ अंकले बढेर २६ सय ५६.९६ अंकमा अडेको छ। २१८ कम्पनीको ४७ लाख ६० हजार २९५ कित्ता सयर १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा कारोबार भएको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन इन्डेक्स ३.१७ अंकले बढेर ४९७.३९ विन्दुमा पुगेको छ। कारोबारमा आएका १३ समूहमध्ये सामूहिक लगानी कोषको शेयर मूल्य घटेको छ। सो समूहको परिसूचक ०.१८ अंकले घटेको हो।

सबैभन्दा बढी होटल तथा पर्यटनको परिसूचक ३.५१ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा छ। सो बैंकको ८ करोड ३२ लाख रुपैयाँ बराबरको सयर खरिदबिक्री भएको हो। त्यसैगरी, हिमालयन डिस्टिलरीको ७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

सबैभन्दा बढी चन्द्रागिरी हिल्सको सेयर मूल्य ६.९७ प्रतिशत बढेको छ। हिमालयन ऊर्जाको ५।०६ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ४।८६ र कामना सेवा विकास बैंकको ४.२६ प्रतिशतले सेयर मूल्य बढेको हो।


प्रकाशित: Oct 17, 2021| 17:12 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्