काठमाडौं– ग्लोबल आइएमई बैंकले आ.व.२०७७–७८ मा आफ्ना सेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
बैंक संचालक समितिको ३९३ औं बैठकले रु. २ अर्र्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनश सेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा प्रस्तावित १० प्रतिशत वोनस शेयर वितरण पश्चात चुक्ता पुंजी रु. २३ अर्ब ७९ करोड पुग्ने छ। त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुंजीकोष रु. ३६ अर्ब ९२ करोड रहने छ । देशमा संचालित कुनै पनि वाणिज्य बैंकहरु भन्दा यो पुंजीकोष अत्यधिक रहेको छ।
ग्लोबल आइएमई बैंकले आ.व.२०७७–७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। १० प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ।