शनिबार, असोज १७, २०८३

कुमारी बैंकको डिजिटल दक्षिणा अभियान

कुमारी बैंकले डिजिटल दक्षिणा अभियान सन्चालनमा ल्याएको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- कुमारी बैंकले डिजिटल दक्षिणा अभियान सन्चालनमा ल्याएको छ। दसैंको अवसर पारेर सो बैंकले डिजिटल दक्षिणा अभियान सन्चालन गरेको हो। कोभिड- १९ को महामारीले निम्त्याएको दुरीलाई माया र आशिर्वादको डिजिटल आदानप्रदान गर्ने उदेश्यले साो योजना ल्याएको हो। 

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाका अनुसार डिजिटल दक्षिणा अभियानले मानिसहरुलाई डिजिटल माध्यमबाट भएपनि नजिक भएको आभाष दिने छ। बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले चाडपर्वमा टिका, रंग तथा अन्य कारणले नोट विग्रन सक्ने भएकाले डिजिटल दक्षिणा अभियान ल्याएको बताए।

बैंकका अनुसार दसैंको टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारको लक्ष्मी पुजादेखि भाई टिकासम्म र छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत गरिने अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यास ब्याकमार्फत ग्राहकलाई फिर्ता गर्नेछ।

प्रकाशित: Oct 12, 2021| 12:59 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्