शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डेभिट, एङ्ग्रिस्ट, इम्बेन्सलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डेभिट, एङ्ग्रिस्ट, इम्बेन्सलाई

सर्वाधिक महत्वपुर्ण मानिएको यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीहरुले पाएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- सर्वाधिक महत्वपुर्ण मानिएको यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीहरुले पाएका छन्। अमेरिकी अर्थशास्त्री डेभिड कार्ड, जोस्ह्वा एङ्ग्रिस्ट र  गुइडो इम्बेन्सले दुई वटा सोधका लागि नोवेल पुरस्कार पाएका हुन्। 

श्रम अर्थशास्त्रमा यसभन्दा अघि उजागर नभएको अनुभवजन्य योगदानका लागि डेभिड कार्डलाई नोवेल पुरस्कार दिइएको हो भने एङ्ग्रिस्ट र इम्बेन्सलाई सम्बन्धित दुई घटनाका कारण तथा प्रभावको सम्बन्धबारे विश्लेषणका लागि पद्दतिगत योगदान दिएको भन्दै दिइएको हो। 

सो पुरस्कारको राशी एक करोड स्विडिस क्रोनार रहेको छ। जसको आधा हिस्सा डेभिड र बाँकी एङ्ग्रिस्ट र इम्बेन्सलाई आधा-आधा जानेछ। 

अर्थशास्त्र तर्फको सो नोवेल पुरस्कारलाई ‘स्वीरिजेज रिक्सबैंक प्राइज इन इकोनोमिक साइन्सेज इन मेमोरी अफ अल्फ्रेड नोबेल’ को नामले चिनिन्छ। यो पुरस्कार सन् १९६९ मा स्थापना गरिएको थियो। अमेरिकी अर्थशास्त्रीत्रयलाई दिइएको यो पुरस्कार ५२ औ हो। 

प्रत्येक बर्ष द रोयल स्वीडिस एकेडेमी अफ साइन्सले नोवेल पुरस्कार दिदै आइरहेको छ। नोबेल बिजेतामध्येका डेभिड कार्ड क्यालिफोर्निया विश्वविद्यालयका हुन् प्रोफेसर हुन् भने एङ्ग्रिस्ट म्यासाच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) र इम्बेन्स स्ट्यान्फोर्ड विश्वविद्यालयका प्रोफेसर हुन्। 

द रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले अर्थतन्त्र विज्ञानमा यी तीनैजना अनुसन्धानकर्ताहरुले प्रमाणमा आधारित कामलाई पूर्ण रुपमा नयाँ आकार दिएको जनाएको छ। 

'द इकोनोमिस्ट' को अनलाइन संस्करणबाट 

प्रकाशित: Oct 12, 2021| 07:26 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्